विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास

  असार ०१, २०७९

काठमाडौं, असार १ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार अपराह्न विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास गराएको हो । अभ्यासका लागि अपराह्न ३ बजेदेखि साढे ३ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया