चाँगुनारायण नगरपालिकाले दीर्घरोगीलाई आर्थिक सहयोग दिने

  जेठ २७, २०७९

भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घ रोगीका बिरामीलाई आर्थिक सहयोग गर्नेभएको छ । नगरपालिकाले पालिकाका स्थानीय दीर्घ रोगीका बिरामीलाई मासिक रु पाँच हजार औषधि उपचारवापत आर्थिक सहयोग दिन लागेको हो ।

नपाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत मिर्गौला प्र्रत्यारोपण गरेको, डायलाइसिस गराइरहेका, मेरुदण्ड पक्षघात भएको र क्यान्सर रोगी भएको बिरामीलाई औषधि उपचारवापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ बमोजिम बिरामीलाई आर्थिक सहयोग गर्ने नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

प्रमुख खत्रीले दीर्घरोगीका बिरामीले लामो समयसम्म उपचार गरिरहनुपर्ने भएकाले बढी खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्न औषधि उपचार खर्च उपलब्ध गराउने नीतिअन्तर्गत सहयोग दिने बताउनुभयो । नपाले बिरामीलाई सहयोग दिनेका नाम सङ्कलन गर्ने कार्य थालिसकेको प्रमुख खत्रीले बताउनुभयो ।
–––

तपाईको प्रतिक्रिया