तस्बिरमा भोटो देखाउने जात्रा

  जेठ २१, २०७९

काठमाडौं, जेठ २१ : शनिबार भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ ।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको जात्राको रथ यात्रा बुधबार ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको थियो। जावलाखेलमा चार दिन रथ राखेपछि शनिबार भोटो देखाइएको हो।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटालगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा भोटो देखाएर जात्राको समापन गरिएको हो।

राष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्तित्वले जावलाखेल पुगेर भोटो जात्राको अवलोकन गर्नुभएको हो। भोटो देखाइसकेपछि करुणामयलाई खटमा राखेर पुनः बुंगमतीमै पुर्याइनेछ। भोटो जात्राको अवसरमा सरकारले शनिबार  सार्वजनिक विदा दिएको थियो।

तपाईको प्रतिक्रिया