सेनाले सञ्चालन गरेको मेडिकल कलेज उत्कृष्ट

  जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : नेपालमा चिकित्सा शिक्षा अन्तर्गतको पढाई हुने मेडिकल कलेहरुमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान उत्कृष्ट बनेको छ । नेपाली सेना, सैनिक कल्याणकारी कोषको आर्थिक सहयोगमा २०६८ जेठ १० गते स्थापना भएको गैर नाफा मूलक यस संस्था त्रिभुवन विश्वविद्यालय पछि मेडिकल शिक्षाका विद्यार्थीको आर्कषणको केन्द्र बनेको छ ।

संस्थानले स्थापनको १० बर्ष पुरा गरेको अवसरमा मंगलबार विशेष समारोहको आयोजना गरियो । प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा आयोजना गरिएको बार्षिक उत्सव समारहेमा सेनापति शर्माले संस्थानमा अध्यायनरत उत्कृष्ट विद्यार्थी, प्रध्यापक तथा कलेज सञ्चालन र स्थापनाका लागि सहयोग गर्ने व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गर्नुभयो ।

काठमाडौँ सानो भ¥याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले सैनिक तथा पूर्वसैनिकका छोरा छोरीलगायत चिकित्सा शिक्षा अध्ययन गर्न चाहने देश विदेशका विद्यार्थीलाई भर्ना लिने गरेको छ । यहाँ सैनिक तथा आश्रित परिवारका विद्यार्थीका लागि ४९ प्रतिशत तथा गैर सैनिक परिवारका विद्यार्थीका लागि ५१ प्रतिशत सिटको व्यवस्था गरिएको छ । स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्ष एवं व्यावसायीक जनशक्ति उत्पादन गर्ने  स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सेनाले सो उक्त संस्थान स्थापना गरेको थियो ।

संस्थानमा हाल चिकिस्सा शिक्षाअन्तर्गत स्नातक तहमा एमबीबीएस, बिएस्सी नर्सिङ, बिएन, बिपीएच तथा बीएससीएमएलटी गरी पाँच विषय तथा  प्रमाणपत्र तहमा पिसिएल नर्सिङ, जनरल मेडिसिन, फार्मेसी, रेडियो ग्राफी, फिजियो थेरापी तथा सिएमएलटी गरी ६ विषयमा  कक्षा सञ्चालन हुँदै आएको छ । हालसम्म सो संस्थानबाट ४२९ जना विद्यार्थीले एमबीबीएस र पिविएन तथा विएनएच  अन्तर्गत २३९ जना  विएस्सी नर्सिङ तर्फ १६९ जना एमएसबाट १० जना एमबीएमएस तर्फ ३१ जना पिसिएल नर्सिङबाट २७९ जना तथा प्रमाणपत्र तहका अन्य तर्फ २७३ जना विद्यार्थीले उत्कृष्ट नजिता सहित उतृर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सीलबाट लिईने एमबीबीएसको लाईसेन्सको परिक्षामा संस्थानमा अध्ययन पुरा गरेका सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण हुने गरेको संस्थानले जनाएको छ । संस्थानले हाल एमबीएमएसतर्फ १९ वटा विषयमा कक्षा सञ्चालन गर्दै आएको छ । जसमा ८३ जना विद्यार्थी अध्ययन गरीरहेका छन् । संस्थालने एमबीबीएस तर्फ ६५१ जना बिपिएचतर्फ २० जना, बिएस्सी एमटीमा १२ जना, स्नातक नर्सिङका तीनवटा विषयमा १८ जना, विएस्सी नर्सिङमा १५९ जना, विद्यार्थीले अध्ययन गरिरहेको जनाएको छ ।

यसैगरी बीएन तर्फ १११ जना, पिसिएल नर्सिङमा १२१ जना, प्रमाणपत्र तहका विभिन्न विषयमा ४५८ गरी जम्मा एकहजार ६२१ जना विद्यार्थी अध्ययन गरिरहेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले जनाएको छ । संस्थानलाई अन्तरराष्ट्रिय स्तरको मेडिकल कलेजको रुपमा विकास गर्न प्रविधिक तथा पूर्वाधारको विकासमा विशेष ध्यान दिइएको छ । बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुरा शर्माले शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्ने उद्देश्यले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान स्थापना भएको बताउँनुभयो ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्रा.डा.दिव्यसिंह शाह, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलगायतले संस्थानले छाटो समयमा कायम गरेको शैक्षिक गुणस्तर र प्राप्त गरेको नतिजा उदाहरणीइ रहेको धारणा राख्नुभएको थियो । कार्यक्रमा संस्थानका कार्यकारी निर्देशक तथा अवकाश प्राप्त प्राविधिक उपरथी प्रा.डा.  नागेन्द्रप्रसाद केसीले संस्थानको कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया