नेपाल भाषाका ६ स्रष्टालाई पुरस्कारको घोषणा

  जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : नेपाल भाषा परिषद्ले नेपाल भाषा र साहित्यको श्रीवृद्धिमा विगत साढे चार दशकदेखि योगदान गर्दै आउनुभएका छ जना स्रष्टालाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ ।

कवि केशरी चित्तधर हृदयको ११६ औँ जन्म जयन्तीको उपलक्ष्यमा परिषद्को कार्यसमिति बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई दिने निर्णय गरेको हो । त्यसैगरी, चित्तधर सिरपाः कवि डा. आनन्द जोशी, मोतिलक्ष्मी सिरपाः कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपाः कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपाः नियात्राकार विमल प्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपाः समालोचक कुन्दन प्रसाद श्रेष्ठलाई प्रदान गरिने छ । परिषद्ले जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गर्दैछ ।

तपाईको प्रतिक्रिया