फेदीखोलामा एमाले बिजयी

  जेठ ०२, २०७९

वालिङ, जेठ २ : स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित हुनुभएका सुवेदीले तीन हजार ८३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका लक्ष्मीप्रसाद बरालले तस्न हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी हुनुभएको हो ।

एमालेकी देउकुमारी गुरुङले तीन हजार ९७८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले दुई हजार ३७९ मत प्राप्त गर्नुभएको छ । फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा आठ हजार १३९ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा विजयी हुनुभएका सुवेदी यसपटक पुनः गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया