पैयुँको अध्यक्षमा कांग्रेसका ठकुरी र उपाध्यक्षमा एमालेकी राना विजयी

  जेठ ०२, २०७९

पर्वत, जेठ २ : पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी हुनुभएको छ । मल्लले तीन हजार ८२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले तीन हजार ३८० मत ल्याएर पराजित हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा भने एमालेका उम्मेदवार यामकुमारी राना विजयी हुनुभएको छ । रानाले तीन हजार ७७७ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी उपाध्यक्षका उम्मेदवार कांग्रेसका जानकी प्रधानले तीन हजार ४५८ मत ल्याउनुभएर पराजित हुनुभयो । पैयुँ गाउँपालिकामा ७ वटा वडा रहेका छन् । जसमा वडा नं १ र वडा नं ७ भोर्लेमा कांग्रेस विजयी भएको छ भने बाँकी ५ वटा वडामा एमाले बिजयी भएको छ ।

तपाईको प्रतिक्रिया