कृष्णपुरको मेयरमा एमाले २५ मतले अगाडि, उपमेयरमा ११३ मतले कांग्रेस अगाडि

  जेठ ०१, २०७९

कञ्चनपुर, जेठ १ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच कडा टक्कर भइरहेको छ । बेलुकी ९ बजेसम्म जम्मा ३३९५ मतगणना हुँदा एमालेका नगर प्रमुखका उम्मेदबारले ११८६ प्राप्त गरेका छन् भने काँग्रेसले ११६१ मत पाएको छ ।

नगर प्रमुखमा कांग्रेसभन्दा एमालेले २५ मतले अग्रता लिएको छ भने उपप्रमुखमा एमालेभन्दा ११३ मतले कांग्रेसले अग्रता लिएको छ । त्यस्तै उपप्रमुखमा भने एमालेले १०४८ मत प्राप्त गर्दा कांग्रेसले ११४२ मत पाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रमुखमा ५९१ मत प्राप्त गर्दा उपप्रमुखमा ६४२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एस)ले नगर प्रमुख पदमा १०५ मत प्राप्त गर्दा उपप्रमुखका उम्मेद्वारले १०० मत पाएका छन् ।

तपाईको प्रतिक्रिया