झापाका पन्ध्रै पालिकामा मतगणना सुरु

  बैशाख ३१, २०७९

झापा, वैशाख ३१ : जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेची नगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनुभयो ।

उहाँका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, विर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ, भने, बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले अगाडि रहेको छ ।

यसैगरी, हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ । जिल्लामा छ लाख ४६ हजार २३४ मतदातामध्ये चार लाख ५५ हजार ४७६ मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ थियो । उहाँले जिल्लामा ७० दशमलव ४८ मत खसेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया