१०९ वर्षीय वृद्धले गर्नुभयो मतदान

  बैशाख ३०, २०७९

म्याग्दी, वैशाख ३० : स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका १०९ वर्षीय मनबहादुर राम्जालीले कैलाश मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

सात हजार ८०३ मत खसेको सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरेर शुक्रबार रातिदेखिनै मतगणना गर्ने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया