उपत्यकामा सुरक्षा चेकजाँच

  बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : स्थानीय तहको चुनावको दिन शुक्रबार बिना अनुमतिपत्र चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले चुनावको दिन उपत्यकासहित देशभर अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र संचालनको लागि अनुमति दिएको छ।

आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो। बिहानदेखी यो समाचार तयार पार्दासम्म बिना पास चलाएका २ सय ५८ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न  स्थानबाट नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले होल्ड गरेको छ। जसमा २ सय ३६ ओटा दुई पाङग्रे र २२ ओटा चारपाङग्रे सवारी साधन रहेका छन्।

अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउनुहुन सम्पुर्ण चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया