तस्बिरमा असनको ‘द्यःल्वाकेगु’ जात्रा

  चैत १९, २०७८

काठमाडौं, चैत १९ : पाहाँ चर्‍हे भित्र कै एउटा महत्वपूर्ण जात्रा असन जात्रा (न्हि जात्रा) शनिबार सम्पन्न भयो । असन चोकमा पहिला पहेंलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन परिसर आइपुगे । शनिबार सुस्ताएको असन बजारमा लुँमधी आएपछि जात्राको माहौल बन्न थाल्यो ।

केही समयपछि निलो टोपी लगाएको समूहको लावालस्कर बाजागाजाका साथमा त्यही आइपुग्यो । उनीहरुले वचुँ भद्रकालीलाई लिएर आएका थिए । वचुँ भद्रकाली र लुँमधी भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतिक्षा हुनथाल्यो । विशेषतः आज पाहाँचर्‍हेको दिन वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ ।

असनमा प्रतिक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ति प्वा) आदान प्रदान हुन्छ । त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ । उनीहरु (लुँमधी भद्रकाली, कंकेश्वरी र वचुँ भद्रकाली) आआफ्नो क्षेत्रमा हुने जात्रामा सहभागी हुन जान्छन् । यो जात्रालाई नेवारी भाषमा ‘द्यःल्वाकेगु’ जात्रा पनि भनिन्छ।

तपाईको प्रतिक्रिया