लोक सेवा आयोगका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

  माघ ०६, २०७८

काठमाडौं, माघ ६ : लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको छ ।

आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा आगामी फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा सात दिनको पूर्व सूचाना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै लिखित परीक्षाबाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया