खुल्ला छाना र चिसाे भुइँमा उज्यालाे भविष्यकाे लागि पठनपाठन

  पुष १६, २०७८

सल्यान, पुस १६ : शारदा नगरपालिका १० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना उडाएको दुई वर्ष भए पनि अझैँ मर्मत नहुँदा पढाई प्रभावित भएको छ । पुस महिनाको चिसो छ । हावा हुरीले उडाएको विद्यालयको छाना मर्मत भएको छैन । सुशिल बिक कक्षा ५ पढ्छन् ।

‘छाना उडाएका विद्यालय भित्र पढ्न बसेका यी बालबालिका कोठा भित्रै आधा कार्पेट राखेर जता घाम त्यतै बसेर पढ्ने गर्छन्, विद्यालयमा न त बस्ने बेच्न छ, न त छाना’ सुशिलले भन्नुभयो । ‘कहिले विद्यालयको छाना बन्छ र सुरक्षित भएर पढ्न पाइन्छ । शारदा नगरपालिका १० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको भवन हावाहुरीले उडाएको दुई वर्ष बितिसके पनि भवन मर्मत भएको छैन ।

खुला आकाश र चिसोले गर्दा बिरामी समेत हुने गरेको तिलक बोहराले बताउनुभयो । उहाँका अनुसार पानी परेको समयमा विद्यालय विद्यार्थी अनुपस्थित हुने गरेका छन् । दुईकोठे पक्की भवनको छाना मर्मतका लागि आवश्यक बजेट नभएकाले अहिलेसम्म मर्मत गर्न नसकिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिले हावाहुरीले छाना उडाएको केही दिनमै भवन मर्मत वा निर्माणका लागि आवश्यक निर्णय गरेर नगरपालिकामा पठाए पनि अहिलेसम्म काम सुरु भएको छैन । विद्यालयका प्रधानाध्यापक डम्बर चलाउने भवनको अभावमा पढाई प्रभावित हुँदै आएको बताउनुभयो ।

उहाँका अनुसार पानी परेको समयमा विद्यालय बन्द हुँदै आएको छ । जनता प्राथमिक विद्यालयमा ६३ विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।शारदा नगरपालिका १० पैर्याखर्कमा रहेको जनता प्राथमिक विद्यालय हावाहुरीले छाना उडाएको लामो समय भैसक्दा पनि पुनःनिर्माण नहुँदा पढाई प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया