तस्बिरमा ज्यापु दिवस तथा याेमरी पुन्हि

  पुष ०४, २०७८

काठमाडौं, पुस ४ : नेवार (नेवाः) समुदायले मनाउने विभिन्न चाडपर्वमध्येको विशेष चाड हो, योमरी पुन्हि । हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाका दिन आज नेवार समुदायले योमरी पुन्हि मनाउँछन् ।

नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट योमरी बनाइन्छ । यस चाडलाई खाद्यपदार्थको रसिलो चाड पनि भन्ने गरिन्छ । यो पर्व विशेष गरी अन्नको राजा धानसँग सम्बन्धित छ । संस्कृतविद् हरिराम जोशीका अनुसार, योमरी पुन्हि मनाउने चलन १६ सय वर्षअघिदेखि चलिआएको चलन हो ।

तपाईको प्रतिक्रिया