साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै

  पुष ०४, २०७८

काठमाडौँ, पुस ४ : बङ्गलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा आइतबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा अपरान्ह २ः४५ बजे हुने खेलमा नेपाल जितको खोजीमा छ ।

अपराजित यात्रा कायम राखेको नेपाललाई फाइनलमा स्थान बनाउन भारतलाई बराबरीमा रोके पुग्नेछ । भारत पनि नेपाललाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ । त्यसैले नेपालका लागि खेल महत्वपूर्ण छ ।

अघिल्ला तीन खेलमा नेपालले दुई जित र एक बराबर नजितासहित सात अङ्क बनाएको छ । भारतको समान खेलबाट ६ अङ्क छ । नेपाल लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको नेपालले तेस्रो खेलमा भुटानलाई ४–० गोलले स्तब्ध बनाएको थियो ।

यसैगरी पहिलो खेलमा श्रीलङ्कालाई ५–० र दोस्रो खेलमा भुटानलाई ३–० हराएको भारत तेस्रो खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । समान सात अङ्क बनाएको आयोजक बङ्गलादेशले पनि आजै श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, श्रीलङ्का र भारत सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा शीर्ष दुई टोलीबीच मङ्गलबार फाइनल भिडन्त हुनेछ ।

तपाईको प्रतिक्रिया