काँग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान

  मंसिर २८, २०७८

काठमाडौं, मङ्सिर २८ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान जारी छ । मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान जारी छ ।

सभापति पदको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहनुभएको देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी कोइरालाले १७ सय दुई मत ल्याउनुभएको थियो । कुल चार हजार ६९१ मतमध्ये चार हजार ६७९ मत खसेको थियो ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु पर्नेछ। पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले दोस्रो चरणको मतदान भएको हो ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

 

beema-sansthan

तपाईको प्रतिक्रिया