एमालेको बन्दसत्र सुरु नहुँदा महाधिवेशन प्रतिनिधि सेल्फी र सफारीमा व्यस्त

  मंसिर १२, २०७८

सौराहा (चितवन), मङ्सिर १२ : नेकपा (एमाले) को बन्दसत्र सुरु नभएपछि दशौं महाधिवेशनमा आएका प्रतिनिधिहरु फुर्सदिला भएका छ्न ।

महाधिवेशनस्थल बन्दसत्रको हलमा नाचगान चलेको छ भने बाहिर सेल्फी र फोटो सेसनमा प्रतिनिधि व्यस्त भएका छ्न । कोही जङ्गल सफारी हात्ती सफारिमा व्यस्त छन् । ओखलढुङ्गाबाट आउनुभएका नानीबाबु बुढाथोकीले भन्नूभयो, “काम छैन, के गरेर बस्ने ? फोटो खिच्यो बस्यो ।”

त्यस्तै नवलपुरका प्रतिनिधि जीवन श्रेष्ठले पार्टीका नेताको स्ट्याचुमा फोटो खिच्ने, घाम ताप्ने गरेर समय गुजारेको बताउनुभयो । त्यस्तै काभ्रेका जीवन लामाले भन्नुभयो, “महाधिवेशनस्थल छाडौ सुरु होला, बाहिर जाउँ कति हिंड्ने हैरान भइयो ।”

महिला प्रतिनिधिहरु फोटो सेसनमा धेरै व्यस्त देखिएका छन् । कतिपय मोबाइलमा गेम चलाउने फेसबुक हेर्ने त कतिपय आफ्ना अनुभव सुनाएर समय कटाएका छ्न् ।

बन्दसत्र सुरु हुने अहिलेसम्म कुनै सङ्केत देखिएको छैन । त्यसबारे दोस्रो तहका कुनै नेतालार्इ जानकारी दिइएको छैन । अध्यक्ष केपी शर्मा ओलीसहित शीर्षनेताहरु सहमतिको प्रयासका लागि कसरतमा जुटिरहनुभएको छ । अधिवेशन स्थलमा के कारणले ढिलाइ भएको भन्ने जानकरी भने प्रतिनिधिलाई दिइएको छैन । सहमतिको प्रयास भैराखेको भन्ने जानकारी भने प्रतिनिधिहरुले आफू निकट नेताहरुबाट जानकारी पाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया