बसन्त चौधरीलाई ह्रृदयाघात, अवस्था खतरामुक्त

  असोज ०९, २०७८

काठमाडौं,असोज ८ : नर्भिक अस्पतालका संस्थापक बसन्त चौधरीलाई ह्रृदयाघात भएको छ । उहाँलाई दुवईमा ह्रदयाघात भएको हो । उहाँ निजी प्रयोजनका लागि दुवई गएका बेला ह्रृदयाघात भएको नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबादुर सिंहले बताउनुभयो ।

अहिले उहाँलाई अस्पताल भर्ना गरिएको छ । चौधरीको अवस्था खतरामुक्त रहेको समेत उहाँले बताउनुभयो । नर्भिक अस्पतालले केहिबेर अघि विज्ञप्ति जारी गर्दै विभिन्न माध्यममा चौधरीको अवस्था गम्भीर रहेको भन्ने खालका सामाचार प्रकाशित भएको भन्दै ती समाचारहरु सत्य नरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया