राउटे मुखियाका गुनासो ‘हाम्रा जनतालाई समस्या परेको छ’

  साउन २५, २०७८

सल्यान, साउन २५ : कालिमाटी गाउपालिका वडा नं ५ काल्चेको चिसापानीमा वस्दै आएका राउटेलाई खाद्यान्न, लत्ता कपडा उपलब्ध गराइएको छ । राउटेलाई खाद्यान्न , मुला, दाल, नुन, चामल, त्रिपाल र कपडा उपलब्ध गराइएको हो ।

कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपाली सहितको राहत लिएर पुगेको टोलीलाई राउटे समुदायका अगुवाले भत्ता, खाद्यान्न र बसोबासका लागि आवश्यक पर्ने सामाग्रीको समयमा ब्यवस्था मिलाउन आग्रह गरेका थिए ।

राउटेलाई सामुदायिक बनले काठ नदिने भएकाले राउटेको प्रम्परागत हस्तकला बिस्तारै हराउँदै जान थालेको छ । आफुहरुलाई चाहिने काठ निर्वाध काट्न पाउनु पर्ने माग राखेका थिए । उनिहरुले महिला तथा बालबालिकालाइ कपडा पौष्टिक खानेकुरा उपलब्ध गराउनु पर्ने पनि बताएका थिए ।

राउटेका मुखिया वीरबहादुर शाहीले समाजिक सुरक्षा भत्ता , लत्ता कपडा र खाद्यान्नको समस्या परेकोले ब्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो हाम्रा जनतालाई अहिले पनि समस्या छ । यहाँ आएर हेरिदिनु परयो । पूर्व मुखिया मैनवहादुर शाहीले राउटे समुदायको छुटै खालको सँस्कृति र सँस्कार भएकाले एकै ठाउँमा नवस्ने तर सरकारले गर्न सहयोग लिने बताउनुभयो ।

राहत लिएर राउटे वस्ति सल्यान कालीमाटी ५ काल्चेमा पुगेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सस्ता नेपालीले राउटे समुदायले पछिल्लो समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ अत्याधिक सेवनले सुरक्षामा चुनौती बढेकोले अब राउटे समुदायका कोही कसैलाई मादक पदार्थ बिक्री बितरण गर्ने गरेमा ब्यक्ति वा पसललाई कार्वाही गर्ने वताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमा लोपोन्मुख जातीको रुपमा रहेको राउटे समुदायको पछिल्लो घटनाक्रमले सामाजिक सुरक्षाको चुनौती वढ्दै गएकाले राउटे समुदायको ब्यवस्थापनका लागि कानुन निर्माण गरी प्याकेजमा सवै समस्या स माधान गर्न लागिएको छ ।

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा सल्यान आएपछि मात्रै तीन जनाको मुत्यु भएको छ । अत्यधिक मदिरा सेवन गर्दा राउटे युवाको ज्यान गएको हो । एक महिनाको अवधिमा तीन जाना राउटे समुदायले अकालमै ज्यान गुमाएका छन् । २ वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही र २१ वर्षीय मानसिंह शाहीको एक हप्ताको फरकमा ज्यान गएको हो ।

मुखिया विरवहादुर शाहीका अनुसार यो पटक बस्तीमा युवाहरुको मुत्यु भएपनि बसाई भने सारिएको छैन । पहिले राउटे बसोवास रहदा कोही कसैको मुत्यु भएमा ब साई सराई गर्ने गरेको भएपनि यो पटक भने उनीहरुले नजिकै पाखोमा मृतकको दाहसंस्कार गरेका हुन ।

दुई वर्षअघि १५६ जना रहेका राउटे समुदायको संख्या अहिले १ सय ४२ मा झरेको छ । कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले राउटेलाई सुरक्षित तवरले वसोवास मिलाउन गरी काम गरिरहेको वताउनुभयो । उहाँका अनुसार वस्तिमा आवश्यक पर्ने खानेपानीका पु-याउन पोलिथिन पाईपको ब्यवस्था गरिएको छ । राउटे वस्तिमा जथाभावी अन्य समुदायका ब्यक्तिलाई प्रवेशमा रोक लगाउनुका साथै सुरक्षाका लागि प्रहरीसमेत खटाइएको छ ।

तपाईको प्रतिक्रिया