साउन लाग्यो, सुरू भयाे मेहन्दीकाे चहलपहल

  साउन ०२, २०७८

काठमाडौं, साउन ३ : साउन महिना शुरु भएसँगै विवाहित वा अबिबाहित महिलाले हातमा मेहन्दी लगाउने क्रम शुरु भएको छ ।

हिन्दू धर्ममा साउन महिना भगवान शिवको महिना भएकाले हरेक सोमबार महिलाले ब्रत बस्ने तथा शिव मन्दिरमा पूजापाठ गर्ने गर्दछन् ।

राजधानीका विभिन्न सडक गल्लीमा अहिले मेहन्दी लगाउनेहरु धेरै सङ्ख्यामा भेटिन्छन् र विभिन्न आकृतिमा लगाइने भएकाले यसलाई एक प्रकारको कलाका रुपमा समेत लिइएको पाइन्छ ।

तपाईको प्रतिक्रिया