काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, कोरोनाका कारण केही ढिलाइ

  असार २४, २०७८

काठमाडौं, असार २४ : कोरोनाभाइरसको दोस्रो लहरसँग लड्न लगाइएको निषेधाज्ञाका कारण काष्ठमण्डप पुनर्निर्माणमा ढिलाइ हुने भएको छ । काष्ठमण्डपको पुनर्निर्माण यही असार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निषेधाज्ञाका कारण आवश्यक पर्ने काठको आपूर्ति बन्द हुँदा काष्ठमण्डप पुनर्निर्माण ढिलाइ भएको बताउनुभयो । ‘निषेधाज्ञाका क्रममा परियोजनाको लागि आवश्यक रुखहरु काट्ने कोही थिएनन् र काठ ढुवानी गर्न पनि कुनै सवारी साधन उपलब्ध भएन,’ शाक्यले भन्नुभयो, ‘यद्यपि अहिले चाहिएको सालको काठको पहिलो लट आइसकेको र निर्माण शुरु भएको छ ।

साथै हामीले अझैं काठ आउने आशा गरेका र्छौं । त्यस पनि हामीले पुनर्निर्माण कहिले पूरा हुन्छ भन्न सक्छौं ।’संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) विश्व सम्पदा सूचीमा रहेको र सातौं शताब्दीमा निर्माण गरिएको काष्ठमाण्ड सन् २०१५ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको थियो ।

मुख्यरुपमा सालका काठबाट बनाइएको यो संरचना भारत, चीन र तिब्बतमा यात्रा गर्ने व्यापारीहरु बस्ने घरहरुमा प्रयोग गरिन्थ्यो । काष्ठमण्डप पुनर्निर्माणको सम्पूर्ण जिम्मा काठमाडौं महानगरपालिकाले गरेको छ । पुरातत्व विभागले करिब चार वर्ष पहिले सम्पूर्ण परियोजनाको लागत १९  करोड ८८ लाख रुपियाँ अनुमान गरेको थियो । ‘अहिलेसम्म काठमाडौं महानगरपालिकाले ११ करोड ५० रुपिर्याँ विनियोजन गरिसकेको छ । गत जुन २८ मा महानगरपालिकाले एक करोड रुपियाँ दिएको थियो ।

तपाईको प्रतिक्रिया