सडकमा सार्वजनिक सवारी, यात्रु कम

  असार १५, २०७८

काठमाडाैं, असार १५ :  उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन आजबाट सञ्चालनमा आए पनि यात्रुकाे चाप भने खासै देखिएकाे छैन । सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर–बिजोरका आधारमा चल्न पाउने निर्णय गरेको थियाे ।

गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा बिस्तारै खुला बनाउने गरी सार्वजनिक यातायात खुला गरिएको हो । यसअघि पसल खुला गरिएको थियो तर सवारी साधनमा भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडाँैले जनाएको छ । २५ सिट क्षमताभन्दा कमका साना सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । 

सवारी साधनहरू बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाउनेछन् । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारी साधन दैनिक निःसङ्क्रमित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया