कालिकोटको डिपोमा चामल लिनेको भीड, संक्रमण फैलने डर

  जेठ २७, २०७८

कालीकोट, जेठ २६ : खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटमा अनुदानको चामल लिनेको भीड थेग्न नसक्ने गरी बढेको छ । नेपाल सरकारले बजेटमार्फत कोरोना कहर अवधिमा सरकारी निकायबाट विक्री गरिने खाद्यवस्तुमा २० प्रतिशत छुट दिने घोषणा भएसँगै सरकारी खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटले २० प्रतिसत छुटमा खाद्यान्न दिन थालेपछि नागरिकको भीड बढेको हो ।

कालीकोट शाखाले गत आईतवारबाट अनुदानको चामल दिन सुरु गरेको छ । यो अवधि जेठ ३१ गतेसम्म जारी रहने छ । प्रतिबोरा १६ सय ५०रुपियाँमा दिदै आएको स्टिम जिरा मसिनो चामल अनुदानमा १३ सय २०मा दिन थालिएको छ । एक हजार १८७ रुपियाँ ५० पैसामा पाउने अरुवा मोटा चामल ९५० मा दिन थालिएको छ । खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटका प्रमुख रामशरण लामिछानेले सरकारी अनुदानमा चामल लिनेको भीड निकै वढिरहेको वताउनुभयो । उहाँले यो भीडले कोरोना सङ्क्रमण बढ्ने चिन्ता पनि बढेको सुनाउनुभयो ।

गाउँदेखि चामल लिन मान्ममा भीडभाड हुन थालेपछि संस्थानले चामल दिने समय बिहान ६ वजे देखि नौ वजे सम्म तोकेको छ । तर पनि भीड दिनभरी नै लाग्ने गरेको छ । चामल लिनेको भीडले संस्थानका कर्मचारीले समेत खाना खाने समय नपाएको गुनासो गरेका छन । सरकारले ल्याएको नीति तथा कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले खाद्य लगायतका दैनिक उपभोग्य वस्तुमा छुट दिने घोषणा गरेसँगै कालीकोटमा खाद्या सस्थानले चामलमा अनुदान दिएको हो ।

कोरोनका सङ्क्रमणका कारणले जेठ ७ गते वाट जिल्लामा निषेधाज्ञा लगाईएको छ । काम विना आउजाउ गर्न प्रशासनले कडाई गरेको भए पनि खाद्यसंस्थान कालीकोटमा चामल लिन आउने सँयौ नागरिकको भीडले निषेधाज्ञा जस्तो देखिदैन । चामल लिन पुगेका खाँडाचक्र नगरपालिका वडा नं ७ का जय कार्कीले बिहान ६ वजेदेखि लाइनमा बसेर चामल नपाएपछि लिस्टमा नाम लेखाएर अर्को दिन लिने गरी फिर्ता आएको वताउनुभयो । उहाँले पालो कुदै गर्दा समय सकियो । ढोका वन्द भयो । अनि सरलाई भनेर म आफू लगयतका चामल लिन नपाएका सबैले भोलि बिहान सुरु मै चामल पाउने गरी नाम लेखाएर आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया