कामपाले ३२ वटै वडामा ताेक्याे दाेस्राे चरणकाे खाेप केन्द्र, (सम्पर्क व्यक्तिकाे नम्बर र स्थानसहित)

  बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । खोप अभियान जेठ २ गतेदेखि ११ गतेसाँ सञ्चालन हुनेछ ।

शुक्रबार महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसिलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने तयारी गरेको हो ।

यसका लागि महानगरभित्रका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ । महानगरपालिकाले परिचय खुल्ने फोटोसहितको परिचयपत्र देखाएपछि तोकिएकामध्ये पायक पार्ने अस्पतालमा खोप लगाउन सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया