कोभिडविरुद्धको पहिलो खोपका लागि अनलाइन आवेदन माग, १८ वर्ष माथिकाले दिन पाउने

  बैशाख ३१, २०७८

काठमाडौं, बैशाख ३१ : स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका नागरीकका लागि कोरोनाविरुद्धको पहिलो खोपका लागि आवेदन फारम भर्न आग्रह गरेको छ । जसका लागि आधिकारीक वेभसाईट https://vaccine.mohp.gov.np मा गएर फारम भर्न सकिने मन्त्रालयले जनाएको छ ।

देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिनेछ फारम भर्ने अन्तिम मिति भने नतोकिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक शर्मा गौतमका अनुसार कोभिड-१९ (कोरोना भाइरस) सङ्क्रमणविरुद्ध खोप लगाउन जोसुकै इच्छुक नेपाली नागरीककले आवेदन दिन सक्नेछन् ।

“हामीले सबै दरखास्तहरुको राम्रोसँग अनुगमन गरीरेका छौँ र थप व्यवस्थापनका लागि हामीले यसलाई सम्बन्धित कार्यालयमा पठाइदिएका छौँ” गौतमले भन्नुभयो । “फारम सकिने छैन , तापनि हामी आवेदन फारमहरुलाई सुरक्षित साथ लाइनमा राखेका छौ । कोभिडविरुद्धको दोस्रो चरणको खोप अभियान सकिने बित्तिकै यो अभियान सुरु होला , पाँच लाख जनताले मात्र कोभिड विरुद्धको पहिलो र दोस्रो खोप लगाएका छन्,” डा. गौतमले भन्नुभयो ।

“हामीले प्राथमिकताको आधारमा ७७ वटै जिल्लाहरुमा दोस्रो डोज खोप उपलब्ध गराउने बारेमा गृहकार्य गरिरहेका छौँ ”उहाँले भन्नुभयो ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा खोप आउने बित्तिकै फारम भरेकाहरुलाई खोप दिन सुरु गरीनेछ ।

डा . गौतमले भन्नुभयो “सर्वसाधारणलाई यो विश्वास दिलाउन चाहन्छौँ कि सरकारले छिट्टै नै खोप खरिद गर्दैछ ।” खोप आयातका लागि भारत,चीन,रूस,बेलायत र अमेरिकासँग वार्ता भैरहेको र खोप निर्माण कम्पनीसँग पनि परामर्श भैरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया