स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढ्याे : स्वास्थ्य मन्त्रालय

  बैशाख १७, २०७८

काठमाडौं, बैशाख १७ : सरकारले कोरोनाको संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिएको भन्दै सचेत हुन आग्रह गरेको छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भईसकेको अवस्था रहेको मन्त्रालयले बताएको छ । त्यसैले सवैलाई संवेदनशित हुन मन्त्रालयले अपिल नै जारी गरेर अनुरोध गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा एक अपिल जारी गर्दै कोरोनाको हिसाबले नेपालका अति प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कैलाली कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको जानकारी गराएको हो ।

कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाहय पर्यटनका लागि कहि कतै जाने कामहरु पुर्ण रुपमा नगर्नु ,नगराउनुहुन, कुनै पनि सार्वजनिक स्थलहरुपमा जाने भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी रहेको मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ । जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशित भई कडा रुपमा पालना गर्न गराउन सवैलाइ अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया