मध्यरातमा अनुगमन : बिलबिजकबिनै भित्रन्छ तरकारी

  बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा थानकोट नागढुङ्गाबाट उपत्यका प्रवेश गर्ने तरकारी र मासुुका गाडीको बिहीबार राति अनुुगमन गरेको छ । अनुगमनमा बिलबिजकबिना नै सामान भित्रिने गरेको पाइएको छ ।

विभाग, स्थानीय प्रहरी प्रशासन र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले बिहीबार राति १ बजेसम्म गरिएको अनुुगमनका क्रममा अधिकांश तरकारी मासुु ल्याउने मालवाहक गाडीसँग सामानको खरिद तथा बिक्रीको बिलबिजक नभएको पाइएको हो ।

विभागका निर्देशक शिवराज सेढाईंको नेतृत्वमा गरिएको अनुुगमनका क्रममा उत्पादक किसानदेखि उपभोक्तासम्म आउँदाको तह आवश्यकताभन्दा बढी भएको पाइएको छ ।

अनुगमनको नेतृत्व गर्नुभएका संयोजक सेढाईंले भारत र विभिन्न जिल्लाबाट तरकारी, फलफूल वा मासुुका लागि कुखुरा लिएर भित्रिएका कुनै पनि गाडीवालासँग खरिद तथा बिक्री बिलबिजक केही नभएको बताउनुुभयो ।

अगुनगमनका क्रममा क्वारेन्टाइन व्यवस्था प्रभावकारी नभएको, उत्पादक-किसानले पाउने मूल्य यकिन नभएको, उत्पादकदेखि उपभोक्तासम्म अस्वभाविक धेरै व्यापारिक तह रहेको, उत्पादकदेखि उपभोक्तासम्मको मूल्यबीच ठूलो अन्तर रहेको पाइएको निर्देशक सेढाईंले बताउनुभयो ।

उहाँले भन्नुुभयो, तरकारी फलफूल बोक्ने गाडीवालासँग केहीसँग पनि बिलबिजक भेटिँदैन, भन्ने बेलामा एउटै गाडीमा २५÷३० हजार बराबरको तरकारी छ भन्छन् बिलबिजक केही पनि भेटिँदैन ।

अनुुगमन टोलीले तरकारी तथा मासुसम्बद्ध केही थोक व्यापारीलाई तीन दिनभित्र आफ्नो व्यवसाय फार्म दर्ता, नवीकरण तथा खरिद बिक्रीसम्बन्धी कागजात पेस गर्न निर्देशन दिएको छ ।

उहाँका अनुुसार शुक्रबार दिउँसो विभागले कालीमाटीलगायतका तरकारी तथा फलफूलका थोक व्यापारीलाई आइतबारसम्म बिलबिजक उपलब्ध गराउन माग गरेका छौँ ।

मागअनुसार बिलबिजक उपलब्ध नगराए उपभोक्ता संरक्षण ऐन २०७५ र नियावली २०७६ अनुसार जरिवाना र अन्य कारबाही गरिने उहाँले बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ । वै

तपाईको प्रतिक्रिया