सक्रिय संक्रमित २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

  असोज ०७, २०७७

काठमाडौं, असोज ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनस् लकडाउन गर्न सिफारिस गरेको छ ।

बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । त्यस्तै बुधबार दिउँसोसम्म नेपालका संक्रमण पुष्टि भएकामध्ये ४९ हजार ९ सय ५४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया