प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ प्रहरीमा काेराेना सङ्क्रमण पुष्टि

  साउन २२, २०७७

काठमाडौँ, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे खबर पुष्टि गर्नुभएकाे छ ।

प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो । अध्यक्ष प्रचण्डसँग हिँडडुल गर्ने सुरक्षाकर्मीमा भने नदेखिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया