उपत्यकाभित्र साझाले सुरु ग-याे सेवा

  साउन ०१, २०७७

काठमाडौँ, साउन १ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । आजदेखि साझा यातायातले बस सेवा शुरु गरेको छ । काठमाडौँ उपत्यकाभित्र साझाले २६ वटा बसमार्फत् अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको जनाएको छ ।

यसअघि मयूर, संयुक्त यातायात, सुन्दर यातायात लगायतले उपत्यकाभित्र आफ्नो सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । 

एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया