क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्य, स्वाब परीक्षण हुँदै

  असार २७, २०७७

दमौली, असार २७ : तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा रहेका एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ ।

गत असार २३ गते भारतबाट आउनुभएका भानु नगरपालिका-५ मैवलका ६६ वर्षका रामबहादुर श्रेष्ठको शनिबार बिहान पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो ।

उहाँमा कोरोना सङ्क्रमण भए/नभएको पुष्टि गर्न स्वाब परीक्षणको तयारी भएको प्रजिअ अधिकारीले बताउनुभयो ।

शनिबार बिहान एक्कासि बेहोस भएपछि उहाँलाई एम्बुलेन्समा राखी उपचारको लागि पोखरा पठाइएकोमा बाटोमा नै मृत्यु भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो ।

क्वारेन्टाइनमा रहँदा नै उहाँमा उच्च रक्तचाप, प्यारालाइसिस र मधुमेहको समस्या देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया