सल्यानमा थप १५ जना कोरोना सङ्क्रमण, कुल संक्रमित २०५ पुग्यो

  असार २२, २०७७

सल्यान, असार २२ : सल्यान थप १५ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, सल्यानले जनाएको छ ।

भानुभक्त प्राथमिक विद्यालय खनियाखर्कको क्वारेनटाइनका २१ र बनगाड क्याम्पसको क्वारेनटाइनमा रहेका १९ गरी ४० जनाको स्वाब सङ्कलन गरिएकामध्ये १५ जनाको कोरोना पोजिटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । सोमबार मात्र दार्मा गाउँपालिकाका दुई कर्मचारीसहित पाँच जनामा कोरोना पुष्टि भएको थियो । कर्मचारीमा कोरोना सङ्क्रमण भएसँगै दार्मा गाउँपालिकाका सम्पूर्ण कामकाज स्थगित भएका छन् ।

स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले मङ्गलबार १५ जना थपिएसँगै सल्यानमा सक्रमितको सङ्ख्या २०५ पुगेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरी बनगाड कुपिण्डे नगरपालिकाका १४९ जना रहेका छन् । भारतबाट मात्र उक्त नगरपालिकामा झन्डै चार हजार भित्रिएका छन् । शारदा नगरपालिकामा तीन, बागचौर नगरपालिकाका नाै, कुमाख गाउँपालिकाका १८, सिद्ध कुमाख गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकाका पाँच, कपुरकोट गाउँपालिकाका एक, कालिमाटी गाउँपालिकाका दुई, दार्मा गाउँपालिकाका १४ र सल्यान अस्पतालमा एक जना गरी २०५ जनामा कोरोना पुष्टि भएकोे छ । कोरोना सङ्क्रमितमध्ये हालसम्म १५१ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया