विदेशबाट आएका २०५ जना खोज्‍न ७७ जिल्लामै प्रहरी परिचालन

  चैत २०, २०७६

काठमाडौँ, चैत २० : कोरोना भाइरस (कोभिड–१९) का संक्रमितसँगै विदेशबाट तीनवटा विमानमा आएका २ सय ५ जनालाई प्रहरीले फेला पार्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको थियो ।

चैत ४ गते कतार एयरवेजबाट १ सय ५८, ६ गते एयर अरेवियाबाट १ सय ७० र चैत ७ गते भिस्तारा (भारतीय) विमानबाट १ सय ३० खाडी मुलुक र मलेसियाबाट गरी ४ सय ५८ जना त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल ओर्लिएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको थियो। चैत ४ गते कतार एयरवेजबाट १ सय ५८, ६ गते एयरअरेवियाबाट १ सय ७० र चैत ७ गते भिस्तारा (भारतीय) विमानबाट १ सय ३० खाडी मुलुक र मलेसियाबाट गरी ४ सय ५८ जना त्रिभुवन अन्तर्राष्टिय विमानस्थल ओर्लिएका थिए ।

विमानस्थलबाट थर्मल गनले ज्वरो नापेर सबैलाई जान अनुमति दिइएको थियो। तर, विमानबाट आएका ४ जनामा कोभिड संक्रमणको लक्षण देखिएपछि सरकारले सबैजनालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने निर्णय गरेको थियो। उनीहरुलाई प्रहरी र स्थानीय प्रशासनको सम्पर्कमा आउन आग्रह गरिएको थियो । त्यसपछि केही मानिस सरकारी आग्रहअनुसार प्रशासनको सम्पर्कमा गए, कति होम क्वारेन्टाइनमै छन् ।

कतार एयरवेजबाट आएकामध्ये २ जना आइसोलेसनमा, १ सय ६ जना क्वारेन्टाइन र २० जना सम्पर्कविहीन छन् । यसैगरी चैत ६ गते एयरअरेवियाबाट आएका १ सय ७० यात्रुमध्ये १ सय जना क्वारेन्टाइनमा, १ जना आइसोलेसन र ६९ जना सम्पर्कविहीन छन् । त्यस्तै दुबईबाट दिल्ली ट्रान्जिट हुँदै भारतीय वायुसेवा भिस्ताराबाट चैत ७ गते आएका १ सय ३० मध्ये १ जना आइसोलेसन, १३ जना क्वारेन्टाइन र १ सय १६ जना सम्पर्क बाहिर छन् ।

प्रहरी प्रधान कार्यालयले चैत ४ गतेयता आएका तीनवटा विमानका २ सय ५ जना यात्रुको खोजी कार्य जारी रहेको जनाएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरेर उनीहरुलाई खोज्न निर्देशन दिइएको प्रहरीले जनाएको छ। सरकारले बारम्बार सम्पर्कमा आउन आग्रह गर्दा पनि अटेर गरेर बस्नेलाई संक्रमित रोग नियन्त्रण ऐन अन्तर्गत कारबाही गरी सुरक्षाकर्मी प्रयोग गरी नियन्त्रणमा लिने चेतावनी दिइसकेको छ। प्रशासनको आह्वानपछि २ सय ५ जना भने सम्पर्कमा आइसकेका छन्। त्यसमध्येकै ४ जना आइसोलेसन र बाँकी क्वारेन्टाइनमा छन् ।

तपाईको प्रतिक्रिया