धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

  पुष ०८, २०७६

गलकोट, ७ पुस : धौलागिरि अञ्चल अस्पताल बागलुङमा अक्सिजन प्लान्टसञ्चालन आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक अक्सिजन प्लान्टसञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । प्लान्टसञ्चालन भएसँगै अब पुरानो अक्सिजन सिलिण्डरप्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

सो मन्त्रालयको ९४ लाख ४० हजारको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए । अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको अक्सिजन सिलिण्डरप्रयोग हुँदै आएको थियो ।

प्लान्टबाट उत्पादन भएको अक्सिजने अस्पताललाई पुग्ने जनाएको छ । अस्पतालको क्षमता करिब ३०० श्यया रहेको छ । सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरलले जानकारी दिए ।

स्वास्थ्यकर्मी र बिरामी दुवैलाई उपचारमा निकै सहज हुने भएकाले अस्पतालमा अक्सिजन प्लान्टस्थापना गर्न बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिए । उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा÷कोठामा पु¥याइएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।

अस्पतालका अनुसार ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र ३३ लाखको लागतमा वितरण पाइप लाइन तयार गरिएको छ । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् ।

अक्सिजन प्लान्टजर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो । अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ । अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्न थालेपछि रकम जोगिएको छ । रेफर सेन्टरको रुपमा आलोचना खेप्दै आएको अञ्चल अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउँदै लगेको छ ।

अस्पतालमा यही आर्थिक वर्षदेखि हाई केयर युनिटसमेत स्थापना गर्न लागेको जनाएको छ । प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले ५० लाख बजेट विनियोजनसमेत गर्नुभएको छ । अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।

तपाईको प्रतिक्रिया