समाचार
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल
फुङ्लिङ (ताप्लेजुङ), १५ मङ्सिर : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५…
मार्ग शीर्ष कृष्ण चतुर्दशी : शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
काठमाडौँ, १५ मङ्सिर : मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी,…
सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
काठमाडौँ, १५ मङ्सिर : राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६…
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
काठमाडौँ, १५ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १५ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर,…
चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
काठमाडौँ, १५ मङ्सिर : चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी…
सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा
त्रिशूली (नुवाकोट), १५ मङ्सिर : यहाँको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।…
एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा
काठमाडौँ, १४ मङ्सिर : भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन आज साँझ नेपाल आएका हुन् । धवनले एनपिएल…
‘दोस्रो पञ्चवर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउँछौँ’
कर्णाली, १४ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पञ्चवर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउने बताउनुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना…
परराष्ट्रमन्त्री डा. देउवा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौँ, १४ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा आज अपराह्न उहाँहरूबीच वार्ता भएको हो ।…






