समाचार

आज देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै…

योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् : महिला तथा दलित जनप्रतिनिधि

 साउन २८, २०८०

खोटाङ, २८ साउन : स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले…

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

 साउन २८, २०८०

टीकापुर, २८ साउन : कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो…

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर

 साउन २८, २०८०

भोजपुर, २८ साउन : वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या…

कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न माग

 साउन २८, २०८०

पर्वत, २८ साउन : मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने…

नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

 साउन २८, २०८०

जानकी (बाँके), २८ साउन : “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?”…

प्रहरी चौकी बनाउन जग्गा दान

 साउन २८, २०८०

म्याग्दी, २८ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि रु ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान गरेका छन् । घारका गणेश र शिव खड्काबाट…

शनिबार राति भारी वर्षाको सम्भावना

 साउन २७, २०८०

काठमाडौं, २७ साउन : शनिबार राति पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणाली क्रमशः भारतको बिहारबाट नेपालतर्फ सरेकाले…

समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाले)मा फर्कनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास…

सङ्घीयता विरोधी शक्तिहरू फेरि सल्बलाउन थाले : यादव

 साउन २७, २०८०

बारा, २७ साउन : जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाउनुभएको छ । बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई…