समाचार

भ्रष्टाचार आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर

 साउन २८, २०८०

काठमाडौं, २८ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (आइतबार) इलामको माइ नगरपालिकाको पशुपति सामुदायिक वनका अध्यक्ष कुमार बहादुर बराइलिसहित आठ…

मदन भण्डारी राजमार्ग अवरुद्ध

 साउन २८, २०८०

कटारी (उदयपुर), २८ साउन : अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो । इलाका प्रहरी कार्यालय…

पाँच वर्षमा पाँच हजार घरमा धारा

 साउन २८, २०८०

ढोरपाटन (बागलुङ), २८ साउन : जिल्लाका सुगमदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । मुहान बस्तीभन्दा धेरै टाढा हुँदा स्थानीय एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्न…

हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

 साउन २८, २०८०

चितवन, २८ साउन : पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन्…

नरदेवीमा लागेको आगो नियन्त्रणमा

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : काठमाडौँको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो ।…

निर्माण व्यवसायी आचार्यको ड्रागन फ्रुट खेती, पहिलो खेपमा रु लाख कमाई

 साउन २८, २०८०

राष्ट्रिय समाचार समिति गलकोट, २८ साउन : बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाल्नुभएको छ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन…

ठूला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ : रमण नेपाल, कार्यकारी निर्देशक नागरिक लगानी कोष

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नागरिक लगानी कोष सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार…

अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध

 साउन २८, २०८०

चितवन, २८ साउन : बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गर्नुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका…

एक सय ५५ सहकारी एकीकरण

 साउन २८, २०८०

वालिङ (स्याङ्जा), २८ साउन : गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित…

बेनी–दरबाङ सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध

 साउन २८, २०८०

गलेश्वर, २८ साउन : शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको…