समाचार

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

 भदौ १८, २०८०

बलेवा, (बागलुङ) १८ भदौ : विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई नत…

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

 भदौ १८, २०८०

गण्डकी, १८ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताउनुभएको छ । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले भूकम्प, कोभिडलगायत विभिन्न…

सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औँ राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । चैतन्य एकेडेमीद्वारा असोज १२ र १३…

निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको…

भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्‍याउन सांसदको माग

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको…

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै…

संस्कृत भाषा संरक्षणका लागि ‘आधारभूत संस्कृत भाषा’ कक्षा

 भदौ १८, २०८०

वालिङ (स्याङ्जा) १८ भदौ : स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको छ । संस्कृत भाषा पुस्तान्तरण गर्दै संस्कृत वाङ्मयको संरक्षण, सम्बद्र्धन र जगेर्ना गर्ने…

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बिपी…

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा

 भदौ १८, २०८०

गण्डकी, १८ भदौ : हिउँचुचुरा र तालतलैया सम्झेर पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामो समय भयो । पोखरामहानगरपालिका–९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्जाए झैँ लाग्छ ।…

मालढुङ्गा–बेनी सडक : सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

 भदौ १८, २०८०

पर्वत, १८ भदौ : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो…