समाचार

सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न सकेन : उपाध्यक्ष शाक्य

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गर्नुभएको छ । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला…

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विषेश सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच…

प्रस्तावित विधेयकमा चलचित्रकर्मीको असन्तुष्टि

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०’ का केही बुँदाहरूमा असहमति रहेको चलचित्रसँग सम्बन्धित सङ्घसंस्थाले निष्कर्ष निकालेका छन् । नेपाल चलचित्र निर्माता सङ्घको…

सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादवसहित सात…

‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा डा भण्डारीले सुनाउनुभयो अनुभव

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : केही महिनाअघि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीले जलनसम्बन्धी अनुभव र अठोट अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनु भएको छ । अमेरिकाको वासिङ्टन डिसीमा…

उपभोक्ता बजार नियमन र अनुगमनको माग

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उपभोक्ता…

आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारी

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ…

वन क्षेत्रको अतिक्रमण बढ्दो

 असोज २१, २०८०

फुङ्लिङ, २१ असोज : ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढदै गएसँगै वन क्षेत्रसमेत अतिक्रमण बढ्दै गएको हो । जिल्लामा करिब एक सय ८९ हेक्टर…

नयाँ ‘हेडवर्क’ एक किलामिटर सार्नुपर्ने

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क’ मा तीन वर्ष पहिले बाढीले क्षति…

भत्किएका सडकले होटेल व्यवसायमा समस्या

 असोज २१, २०८०

मध्यविन्दु (नवलपरासी), २१ असोज : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उहाँको होटेलमा कुनै…