समाचार

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह…

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

 जेठ ०६, २०८१

लुम्बिनी, ६ जेठ : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको…

फुङलिङ–पाथीभरा साइकलयात्रा

 जेठ ०६, २०८१

ताप्लेजुङ, ६ जेठ : ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो । पाथीभराको प्रचारप्रसारका…

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

 जेठ ०६, २०८१

गलेश्वर (म्याग्दी), ६ जेठ : जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको…

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

 जेठ ०६, २०८१

कञ्चनपुर, ६ जेठ : शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु…

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

 जेठ ०६, २०८१

तनहुँ, ६ जेठ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द…

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही…

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

 जेठ ०६, २०८१

नवलपुर (नवलपरासी), ६ जेठ : जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको…

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

 जेठ ०६, २०८१

म्याग्दी, ६ जेठ : जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सङ्घीय…

ज्येष्ठ नागरिक कोषलाई पैसाकै अभाव

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : समाज कल्याण परिषद् मातहत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पैसाको अभाव झेल्दै आएको छ । ज्येष्ठ नागरिकको अवस्थाबारे नीतिगत सुझाव दिने उद्देश्यले २०७२ सालमा कोष स्थापना गरिए…