समाचार
कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार पक्राउ
काठमाडौँ, २ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बचकर्ताको रकम अपचलन गरेको अभियोगमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित चार…
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णयविरुद्ध रिट
काठमाडौँ, २ असार : सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई…
संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो
काठमाडौँ २ असार : सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । समितिको आज भएको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ…
युवा व्यवसायी पोखरेललाई मानार्थ विद्यावारिधि
काठमाडौँ, २ असार : युवा व्यवसायी जगत् पोखरेललाई जर्मनीको विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेश्नल युनिभर्सिटीले उहाँलाई व्यावसायिक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको…
सूचना प्रविधि दशक सफल बनाउन सञ्चार मन्त्री शर्माको निर्देशन
काठमाडौँ, २ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज…
चुरे संरक्षणमा सरोकारवाला सबैको सहकार्य अपरिहार्य : प्रधानमन्त्री
सिरहा, २ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ ।…
संवैधानिक परिषद्को बैठक बालुवाटारमा
काठमाडौँ, २ असार : संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवम् संवैधानिक परिषद् अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको…
तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै
दमौली (तनहुँ), २ असार : भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम,…
विश्व रक्तदाता दिवसमा टेक्सासको ड्यालसमा रक्तदान
(टेक्सास) अमेरिका, २ असार : यस वर्षको विश्व रक्तदाता दिवस शनिबार अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष जुन १४ तारिखको दिन मनाइने विश्व रक्तदाता दिवसका अवसरमा…
बेनी–पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दी, २ असार : जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हँुदै तोरीपानीमा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
नौमती बाजा जोगाउँदै आमाहरू
साउन २९, २०८३






