बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित
ब्रासिलिया, २७ भदौ : ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ । सजायले ७० वर्षीय अति–दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको छ…
पोल्यान्डको सिमा नीति असन्तुलित : रूस
मस्को,२७ भदौ : रूसले पोल्यान्डलाई बेलारुससँगको सिमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। बिहीबार, रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया झाखारोभाले उक्त जानकारी दिनुभएको हो । प्रवक्ताका अनुसार, पोल्यान्डद्वारा…
केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना
काठमाडौँ, २७ भदौ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । आज…
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
दोधारा चाँदनी (कञ्चनपुर), २७ भदौ : जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै…
प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
वाशिङ्गटन डिसी (अमेरिका), २७ भदौ : नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २७ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१…
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर…
आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने
काठमाडौँ, २६ भदौ : सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश…
उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि समय निर्धारण
काठमाडौँ, २६ भदौ : पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ । नेपाली सेनाले आज विज्ञप्तिमार्फत निषेधाज्ञा तथा कफ्र्यू…
९७ नाल हतियार बरामद भएको छ : नेपाली सेना
काठमाडौँ, २६ भदौ : जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ । यस अवधिमा राजधानीको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






