‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’
गण्डकी, २४ कात्तिक : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ ।…
दार्चुलामा भूकम्पको धक्का
खलङ्गा (दार्चुला), २४ कात्तिक : दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा…
८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना : विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, २४ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको पाइएकाे छ । साे हिनामिनाकाे…
मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने : कांग्रेस नेता यादव
जनकपुरधाम, २४ कात्तिक : नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी…
उन्नत जातका धानखेतीतर्फ आकर्षण
गलेश्वर (म्याग्दी) २४ कात्तिक : गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई…
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग
काठमाडौँ, २४ कात्तिक : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र,…
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ, २४ कात्तिक : कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा एक…
कोरला नाका सरकारको प्राथमिकतामा : गृहसचिव दङ्गाल
मुक्तिनाथ (मुस्ताङ), २४ कात्तिक : मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयबाट सेवा प्रवाह सुरू गरेपछि गृह सचिव रामेश्वर दङ्गाल सहितको टोलीले उपल्लो मुस्ताङको निरीक्षण गर्नुभएको छ । आइतबार हवाईमार्ग हुदै…
न्यालम भन्सारले जाँचपासमा ढिलाइ गर्दा छ सय कन्टेनर चीनतर्फै अड्किए
सिन्धुपाल्चोक, २४ कात्तिक : चीनको स्वाशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले तातोपानी नाका आउन लागेका मालबस्तु बोकेका कन्टेनरहरु जाँचपास गर्न ढिलाइ गरेका कारण अझै सोही क्षेत्रमा ६ सयभन्दा बढि कन्टेनर उतै…
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त
धनुषा, २४ कात्तिक : मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






