एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध
काठमाडौँ, २० असोज : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई रु १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)…
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
काठमाडौँ, २० असोज : नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले…
सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार
महोत्तरी, २० असोज : मधेस प्रदेशको सञ्चार ऐन संशोधन वा पुनरावलोकन गर्न प्रदेश सरकार तत्पर देखिएको छ । आज महोत्तरीको बर्दिबास–४ मा आयोजित प्रदेश सञ्चार ऐन तथा नियमावलीसम्बन्धी सञ्चारसम्बद्ध प्रतिनिधिबीचको…
माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल
चितवन, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल…
इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह
इजरायल–हमास युद्ध तत्काल रोक्न युद्धविराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबीचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित बन्नुपर्ने…
इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण
इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गर्नुभएको छ । इरानले…
विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने
काठमाडौँ, २० असोज : विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । यही असोज २३ गते सङ्घका देशभर रहेका सञ्जालमार्फत बालबालिकाको निःशुल्क आँखा…
प्रधानमन्त्री उद्धार कोषमा एमालेको रु ५० लाख सहयोग
काठमाडौँ, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
काठमाडौँ, २० असोज : नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज परिषद्का अध्यक्ष…
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
म्याग्दी, २० असोज : जिल्लाको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको सातौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन् । घराम्दीका भलिबल खेलाडीको १९ जनाको…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






