अन्तर्राष्ट्रिय

जापानद्वारा अमेरिकाबाट लामो दूरीको चार सय क्षेप्यास्त्र खरिद सम्झौता

 माघ ०४, २०८०

टोक्यो, ४ माघ : जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको…

गाजामा इजरायली आक्रमणमा १६ जनाको मृत्यु : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय

 माघ ०४, २०८०

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र), ४ माघ : इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।  नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको…

आकाश एयरद्वारा बोइङका १५० विमान माग

 माघ ०४, २०८०

नयाँदिल्ली, ४ माघ : भारतको नयाँ वायुसेवा कम्पनी आकाश एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एयरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा…

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता

 माघ ०३, २०८०

टोकियो, ३ माघ : जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा बाजिमा सहरले थप १०…

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

 माघ ०३, २०८०

टोकियो, ३ माघ : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताले एएफपीलाई…

कारागारमा रहेकी इरानी नोबेल पुरस्कार विजेतालाई नयाँ सजाय

 माघ ०१, २०८०

पेरिस, १ माघ : इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको…

म्यान्माका अल्पसङ्ख्यक लडाकूद्वारा बङ्गलादेशको सीमा नजिकैको सहर कब्जा

 माघ ०१, २०८०

याङ्गुन, १ माघ : म्यान्मामा एउटा सशस्त्र जातीय अल्पसङ्ख्यक समूहले बङ्गलादेश र भारतको सीमा नजिकै एउटा सहर र धेरै जुन्ता चौकीमाथि कब्जा गरेको बताएको छ । यो घटना सङ्कटग्रस्त सेनाका…

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

 माघ ०१, २०८०

सोल, १ माघ : उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ । उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यहरूलाई धम्की दिनका लागि उन्नत हतियारको…

कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

 माघ ०१, २०८०

कोलम्बिया, १ माघ : उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन् । यसअघि अधिकारीहरूले…

युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

 माघ ०१, २०८०

जेनेभा, १ माघ : संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन र युद्धग्रस्त मुलुकबाट भागेका लाखौँ शरणार्थीलाई सहयोग गर्न चार अर्ब २० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको…