अन्तर्राष्ट्रिय

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

 पुष २३, २०८०

केप क्यानभेरल, संयुक्त राज्य अमेरिका, २३ पुस : आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नयाँ रकेट…

पाकिस्तानमा विस्फोट : पाँचको मृत्यु, १४ घाइते

 पुष २३, २०८०

पाकिस्तान, २३ पुस : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका…

बङ्गलादेशमा आवामी लीगलाई तीन चौथाई सीट प्राप्त, हसिना पाँचौँ पटक प्रधानमन्त्री बन्ने

 पुष २३, २०८०

ढाका, २३ पुस : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले सोमबार बताएका छन् । निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भन्नुभयो, “अवामी लीगले आइतबार सम्पन्न…

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १६१ पुग्यो, राहत वितरणमा समस्या

 पुष २३, २०८०

इशिकावा, जापान, २३ पुस : जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य…

जोर्डनका राजाद्वारा गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रस्ताव अस्वीकार

 पुष २३, २०८०

काठमाडौं, २३ पुस : जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताउनुभएको छ । गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनीसमेत दिनुभएको…

दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन

 पुष २२, २०८०

सियोल, पुस २२ : दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ…

बङ्गलादेश मतदान : झडपमा एक जनाको मृत्यु

 पुष २२, २०८०

ढाका, २२ पुस : बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएका अधिकारीले बताएका छन् । आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको स्थानीय…

चिसोका कारण दिल्लीका विद्यालयमा पठनपाठन बन्द रहने

 पुष २२, २०८०

नयाँदिल्ली, २२ पुस : चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी…

कडा सुरक्षा व्यवस्थाबिच बङ्गलादेशमा मतदान जारी

 पुष २२, २०८०

ढाका, २२ पुस : बङ्गलादेशमा आइतबार जारी १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले २९९ प्रतिनिधि (सांसद) छान्न मतदान गरिरहेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न…

सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार

 पुष २२, २०८०

काठमाडौं, २२ पुस : सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताउनुभएको…