काँग्रेस पदाधिकारी बैठक बस्दै

 जेठ ११, २०७७

काठमाडौँ, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा…

स्वयम्भूमा ड्युटीमा खटिएका असईद्वारा गोली हानी आत्महत्या

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : महानगरीय प्रहरी वृत्त स्वयम्भूअन्तर्गतको ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) विष्णु कार्कीले गोली हानी आत्महत्या गरेका छन् । आइतबार बिहान ड्युटीमा खटिएका बेला असई…

यार्सागुम्बा सङ्कलनमा रोक लगाइएपछि स्थानीयलाई घर खर्च धान्ने चिन्ता

 जेठ ११, २०७७

दार्चुला, जेठ ११ : पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ । हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम…

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजार संक्रमित

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१…

बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण

 जेठ ११, २०७७

राँझा, जेठ ११ : बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि…

सुदूरपश्चिमका नयाँ संक्रमित सबै बैतडीका

 जेठ ११, २०७७

बैतडी, जेठ ११ : सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । बाँकी नौ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शनिबार थप…

इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । विश्वका ९०…

नेपाल-भारत सीमानाकाबाट २ दिनमै साढे १० हजार भित्रिए

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : सीमावर्ती भारतीय नाकाबाट आवश्यक जाँच र परीक्षणबिनै दुई दिनमा साढे १० हजार नेपाली स्वदेश भित्रिएका छन् । प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राख्न सक्रियता नदेखाइँदा कोरोना भाइरस…

सुरक्षा निकायमा उच्च सतर्कता

 जेठ ११, २०७७

काठमाडौँ, जेठ ११ : कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् । नेपाली सेनाका तीन, नेपाल प्रहरीका…

इमेलबाटै अदालतको म्याद सूचना

 जेठ ११, २०७७

काठमाडौँ, जेठ ११ : कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्ध बन्दाबन्दीको समयमा अदालतको काम कारबाहीलाई प्रविधिमैत्री बनाउँदै सर्वोच्च अदालतले म्याद सूचना तथा लिखित जवाफ इमेलबाटै गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ…