पछिल्लो २४ घण्टामा एक लाख ११ हजार बढी यात्रु काठमाडौँबाट बाहिरिए

 असोज १३, २०८२

काठमाडौँ, १३ असोज : पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका…

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

 असोज १३, २०८२

गोरखा १३ असोज : गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा दरबारमा साँझको शुभसाइतमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मुख्य पुरोहित…

लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

 असोज १३, २०८२

सिरहा, १३ असोज : जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डिएपी) बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा…

तीन नेपाली चलचित्र प्रदर्शनमा

 असोज १३, २०८२

काठमाडौँ, १३ असोज : दसैँको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज फूलपातीको दिनदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘माइतीघर’ तामाङ…

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

 असोज १३, २०८२

पाटन (ललितपुर), १३ असोज : ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर…

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन

 असोज १३, २०८२

जलेश्वर (महोत्तरी), १३ असोज : बडा दसैँको सप्तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ । महोत्तरीलगायत तराई मधेसको…

विधिपूर्वक कालरात्रि देवीको पूजा आराधना सम्पन्न

 असोज १३, २०८२

काठमाडौँ, १३ असोज : नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ । बडा दसैँ अर्थात् दुर्गा पक्षको नौ…

ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा

 असोज १३, २०८२

वासिङ्टन, १३ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ ।…

मोटोपना भए पनि कलेजो स्वस्थ रह्यो भने बालबालिका दीर्घकालीन रोगबाट सुरक्षित

 असोज १३, २०८२

तेल अभिव (इजरायल), १३ असोज : इजरायली वैज्ञानिकले पत्ता लगाएको नयाँ अनुसन्धानले मोटोपना भएका बालबालिकामा भविष्यमा गम्भीर रोग विकास हुने जोखिम शरीरको तौलसँग मात्र नभई कलेजोमा रहेको बोसोको मात्रासँग बढी…

खुल्यो नारायणगढ–मुग्लिन सडक

 असोज १३, २०८२

चितवन, १३ असोज : नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन…