विपद् जोखिम नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न गृहको पत्राचार

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको छ । मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आज जारी गर्नुभएको सूचनामा…

वैशाखयता विपद्मा परेर २८५ को मृत्यु, २७ जना बेपत्ता

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

चौथो दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम…

हमास बन्धक र बन्दी आदानप्रदानलाई शीघ्रता दिन आतुर

 असोज १९, २०८२

कायरो, १९ असोज : हमासले आइतबार इजरायलसँग बन्धक–बन्दी आदानप्रदानको द्रूत सुरुवात गर्न आफू तयार रहेको र इजरायलले पनि यसलाई ढिलो नगरी शान्ति प्रक्रियालाई अघि बढाओस भन्ने चाहेको बताएको छ ।…

सुनसरीमा बाढीले सयौँ घर डुबानमा

 असोज १९, २०८२

धरान (सुनसरी), १९ असोज : लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ । सुनसरीमा बाढीका कारण आज करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

सिरहामा बाढी र डुबानको जोखिम कायमै

 असोज १९, २०८२

सिरहा, १९ असोज : लगातारको वर्षाले सिरहामा बाढी र डुबानको जोखिम कायमै रहेको छ । हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रशासन र सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका…

पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने…

सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

 असोज १९, २०८२

इनरुवा (सुनसरी), १९ असोज : पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर…

सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ः३० देखि आज बिहान ४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ । बङ्गालको खाडीबाट विकसित भएको न्यून…

विपद्बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ…